Monday, August 10, 2009


" गरीब को आसु "

जिन्दगिको यो मोड्मा आउँदा सम्म न त मैले माया गर्न जानेको थिए, न त जिउन जानेको थिएन त कसैलाई साहारा दिन जानेको थिए र माया प्रेम भन्ने कस्तो बस्तु हो र यसको परिभाषा के हो भनेर बुझेको थिएन । तर आज आएर माया प्रेम भन्ने के हो भनेर जाने, जिउन जाने , कसैलाई साहारा दिन पनि जाने र यसको परिभाषा पनि बुझे । तर धोका भन्ने के हो भनेर बुझेको थिएन र जानेको पनि थिएन । यो शब्द निकै सुनेको थिए र कस्तो होला भनेर निकै सोचाई मा डुबिरहन्थे । तर आज आएर यो शब्द को अर्थ पनि थाहा भयो र भोगी रहेको छु । यो माया प्रेम भन्ने पनि कस्तो हुदो रहेछ । अन्जान मा नै हुदो रहेछ । सच्चा प्रेम नै जीवन को गोरेटो हुदो रहेछ । हिंड्नु पर्ने गोरेटोहरु बुझेर हिंड्नु पर्दो रहेछ । नजानी र नबुझी हिंडेमा यसको परिणम के हुन्छ भनेर आज भोग्दै छु । यो संसार यो समय पनि कति स्वर्थी रहेछ । दुई आत्मालाई थाहा नै नदिइ परिचित गराई दिने, एक अर्का प्रती माया का भावहरु बढाई दिने, जीवन को हर मोड्मा साथ दिने कसम खान लगाउने र अन्त मा गएर दोबाटोमा लगेर छोडिदिने । समय ले नै भनु आज यो - समय शिकारी बनेर मेरो मुटुलाई घाइते बनाई रगताम्य बनाएको छ । आकाश र पातलको धेरै अन्तर हुदो रहेछ । चाहेर पनि मिलन को कुरा असम्भव रहेछ । खोला को दुई किनारको मिलन पनि कहिले हुन नसक्दो रहेछ । यि सब आज आएर थाहा पाएको छु । मिलन हुनु र बिछोडिनु रहेछ जिन्दगी , पाउनु र हराउनु नै रहेछ जिन्दगी, अनि छुटेर गए पछी सम्झना मा तड्पी तड्पी मन को बेदना कम गर्नु नै रहेछ जिन्दगी, सम्झना को गहिराई मा डुबेर संसार नै भुल्नु रहेछ जिन्दगी । यस्तै कथा- ब्यथा भित्र आसु र हासो, रोदन र बेदना भित्र रुमल्लिएर बाच्नु नै रहेछ जिन्दगी । चाहनु नै मेरो ठुलो भुल रहेछ । परिचय हुनु त मेरो दुर्भाग्य रहेछ अनि पाउनु ठुलो अफसोच । के कसैलाई चाहनु, मन पराउनु र माया गर्नु भुल हो र ? फुलबारी मा फुलेको फुलको बास्ना खोज्दै जानु के कुनै अपराध हो र ? भएर नै होला आज मेरो यो दुर्गती भएको छ । मेरो हर ईच्छा, चाहना र सपनाहरु बादल र च्याटयङ कराए झै चकनाचुर भएको छ । भाताभुङ्ग भएको छ मेरो जीवन । मेरो सच्चा माया प्रेम कुनै एउटा खेल भएको छ । कसै को आत्मलाई चोट दिएर आफु आत्मा खुशी भएर बाच्नु राम्रो होइन । त्यसको अस्तीत्तव आँफै हरएर जानेछ । एक दिन राम्रो होला , दुई दिन राम्रो होला तर पछी...........। सम्झिनु पर्नेछ एउटा गरीब को पनि आत्मा हुन्छ भनेर र सोची दिनु पर्नेछ त्यो एउटा गरीब को हृदय पनि दुख्छ भनेर । गरीबलाई मोजमस्ती मा सदुपयोग गर्न नखोज कसैले भबिश्य मा ठुलो धोका हुन सक्ने छ । गरीब को आत्मा ले सराप्ने छ एक दिन, उसको माया ले पिरोल्ने छ एक दिन । गरीब को आसु ले पोल्ने छ एक दिन ..............गरीब को आसु ले पोल्ने छ एक दिन ।

No comments:

Post a Comment