Thursday, September 3, 2009

" ती एक दर्जेन सुन्दरी हरु "

“गाजलु आँखा, दुखाई-दुखाई खुर्किएका आँखी भौँ को सोभा, फुलबारीमा आफ्नो प्रेमिको अँगालो, डिस्कोमा हात्ती कमाउन बोतल थप्दै उफ्रिदाको वेसुरको मज्जा अनि रत्नपार्का साँघुरा गल्लीहरुमा पौने मिटर कपडा प्रदर्शनको क्रममा जोडदारको तालीसहितको उपस्थिति । जानोस्- जानोस् उतै मर्नोस्, राष्ट्रको नक्सा होइन, जिन्दगीमा गर्ने मोजमस्तीको सिङ्गो भविष्य कोर्नोस्, जिन्दगी त्यही मोज मस्तीको लागि हो, कपडा मिल्काएर श्रृङ्गार थप्नोस् अनि आफूलाई सबैभन्दा अब्बल दर्जाको संज्ञा दिनोस्, पत्रिकामा प्रशर्शनको ठूलो फोटो टँसाउनोस् अनि दुनियाँ हँसाउनोस् । वस्, जिन्दगी त्यो पो जिन्दगी ।”मुकुन्दे आज पनि एकटङ्कारले रत्नपार्कको सामुन्यमा बसेर निडरतामा चिच्याइरहन्छ- अब चाहिँ अलि श्रृङ्गारिक मुद्रामा।“ थोत्रो वाल्टिनमा सात बर्ष अगाडि गणतन्त्रको नक्सा कोर्ने मुकुन्दे आज किन पठ्ठा तरुनीहरुको पछि लागिरहेछ यसरी?” मुकुन्देका उपासकहरुबाट घर्माइलो आवाज सुनिन्छ। ठिटीहरुले गाजल नै पूरै लतपतिने गरी एक/ एक कसिलो कर्के नजर मिल्काएको देख्दा “आज भेट्ने भो मुकुन्देले’ जस्तो पनि लागिरा’छ मलाई । तैपनि गणेशमानजीको शालिकको पछाडिबाट छलिएर हेरिरहेछु म- उही मुकुन्देको चर्को शैलीलाई ।“हो-हो गाजलु आँखा कसैलाई एकै नजरमा वेहोस् पार्ने ‘पोजिसन्’ ‘फस्ट क्लास छ’, आँखी भौं- निधार खुम्च्याउँदा ढाक्ने सोभा अत्ति जाति छ अनि कपडाको प्रदर्शन लक्का ठिटाहरु तान्ने चुम्बकको ध्रुव खुवै मिलेको अवस्थामा छ र वैँसालु तन्नेरीहरुको वगलीबाट भएभरको पैसा बढार्ने कुचोको ‘रोल’ मा छ- जवानी । वस्, फिक्री नमान्नोस् । यस्सो झिमिक्क साँझ परेपछि सारा संसारवीचको आनन्दमा ध्रुवताराको एक तेजीलो किरणले म्वाई खाइदिन्छ अनि नमरी स्वर्ग पनि आफ्नो कब्जामा । वस्, जिन्दगी त्यो पो जिन्दगी ।”सासै नफेरी पुन: फलाकिरहन्छ- मुकुन्दे । ‘मुकुन्देको उडेछ क्याहो’, बूढेसकालमा वैंसले सताएछ क्यार !’ ‘हनाइ चाहिं हो क्या यसको ।’ भीडभाडवीच थुप्रै कानेखुसी पनि सञ्चार हुन्थ्यो बेला-बेलामा । उफ ! आज पनि पाखे वौलाहाको गाली खाइयो, सोचेको पुग्दैन क्याहो । आज पनि इच्छा मारेर फर्कनु पर्यो भने मैले जान्या छ, यसलाई ।” तरुनीहरु थक्क मान्दै टाउको ठटाउँदै मन जगाउँछन् । “विचरा, मुकुन्दे ! देशको चिन्ताबाट थाकेछ । यत्रो वर्षसम्म देशलाई सोच्दा सोच्दा वाक्कै, कस्तो गणतन्त्र? जसले आफ्नो सदस्यलाई पनि चिन्न सक्दैन ?” भद्र मानिसहरुबाट अलि पृथक अनि सांकेतिक बुझाइको संकेत आईरहेछ । म शालिक छेउ बाटैबाट मुकुन्देको बोलाइको दम अनि दमभित्रको वास्तविकतालाई सम्मान गरिरहेछु ।‘देशमा परिवर्तनको लहर आयो, देशले मुकुन्देको पुकारको घुम्टो ओढिसक्यो ‘गणतन्त्र’ तर मकुन्देको वाल्टीनमा परिवरर्तनका धर्साहरु पोतिएनन्, वाल्टिन रङ्गिएन । मुकुन्देको सडकको चिच्याइले महलको ‘कानेगुजी’ बाहिरिएन, मुकुन्देको शरिर वस्, उही पूरानै परिवेशमा छ- एउटा थोत्रो सर्ट अनि पुरानै पाइन्ट ।‘अबचाहिं इन्द्रचोकतिर हान्निएँ म । खचाखच गाडीको भीड, अनि मानव आवतजावतको घुइँचो । आफ्नो डिंडाइको वेग अलि तीव्र बनाएँ मैले । “एक नजर पनि हेर्दैन कस्तो पाजी?” “फेरि पनि हेर्यो भने चप्पल फुकालेर तोड्ने हो ।” अलिक पछाडिबाट तरङ्गित आवाज थियो यो । म झस्किएँ र यस्सो पछाडिफर्की छड्के पारामा हेरेँ- अर्धनङ्गी युवतीहरु । मुकुन्देको तर्कमा अडिएँ र मनमनै गुनगुनाएँ- “कस्तो जाडो नभा, होला? मेरो निर्दोष जजरले बाटो विराएर हेरेछ क्यार यनीहरुलाई । अर्को मनले तुरुन्तै विद्रोह गर्यो, ‘पट्ठा ठिटीहरुलाई नहेर्नु पनि यहि नयनको दोष । अचम्म ! एउटै साइजका काँचा मस्तिष्कको पनि किन पृथक-पृथक सोचाई? के पारा हो?’ जानकारी भित्रै कोतुहलताको गुन्द्रुक साँध्ने कोशिसमै पुन: बाटो लागेँ म ।एक पर्यटक“We are here for visiting, romancing, take this one and enjoy more…..नेपाली ‘Guider’ युवतीसँग केही बोतल थप्ने इसाराको जोसमा उनलाई कब्जा गर्न चाहिरहेथ्यो । लामो सर्को सिग्रेटको धुवाँ उडाउँदै उनी गहिरो स्वरमा Ye….s, भन्दै गरेको दृष्यले मलाई करेन्ट लगायो। छेउमै अर्की युवती युवकको काखमा लडेर “That’s true love, love is just for a few moment, it has fix last point, we are in middle now. Enjoy more, Around our love, we can see many Enjoyable colorful pictures, where the hole world will be Surrounding. Please practice…..”पर्यटकको साथको इर्श्या गर्दै उनले पनि अंग्रेजी भाषामा संसार आफ्नो कब्जामा राखिन् अनि क्याम्पसे जीवनमा घण्टी छोडेर फूलबारीमा हराएको गुलीयो यादलाई जिस्क्याइन् ।दृष्य परिदृष्यपिच्छे नै मुकुन्देलाई सम्झँदै गन्तन्यस्थानमा पुगेँ म । पुरानो साइनो सोझ्याउँदा मेरी भान्जी पर्नेको विहेमा गएको थिएँ । भान्जीको ‘ड्याड’, ‘मम’ ले मलाई नचिनेको नक्कल गरे, किनकि म सिर्फ गाउँले परिवेशमा थिएँ। वरिपरि बाह्रवटी केटीहरु थिए- उही पुरानै पहिरनमा । भान्जीका साथी होलान् सायद ।बकुल्लाको बथानमा कागको संज्ञा दिएँ आफूलाई र सुटुक्क भागें आफ्नै कोठातिर । पेटमा मुसा कुद्न थालेका थिए । बाटामा नअल्झिकन सरासर घर आएँ । “बाबु, वैंस आयो भन्दैमा बावुआमाको नाकै काट्ने कामचाहिँ नगर्नु नि । छोरी विग्रिए भने त.....” अस्ति घर जाँदामात्रै पल्लो घर्को दलिनमा देखेको बूढी आमाको संसार भुल्ने बेलाका आशिषका खेस्राहरुको स्मरण भयो मलाई । खप्नै सकिन र मनमनै वजिलो जवाफ फर्काएँ- आमा ! नाक मात्रै होइन, घाँटी छिमलीसके वेश्याहरुले । इज्जतको दाहसंस्कार गरेर उट्फट्याङ्ग र वेइमानीपूर्ण रङ्गमञ्चभित्र आफ्नो जवानी मञ्चन गर्न थालिसके नकचरीहरु । खुल्ला पेटी गल्ली चोकहरुमा नाङ्गो व्यापार प्रदर्शन गर्न थालिसके नक्कलीहरु, जहाँ हिजो रामायण, पुराण, भजन, किर्तन गुञ्जाइन्थ्यो ।” म पुन: शुन्यतामा सेलाएँ ।“ताजा खबर, ताजा खबर ! रत्नपार्क नजिकै ‘सुन्दरी’ डिस्कोमा दुई नेपाली युवती वलात्कृत, कृष्ण मन्दिरमा पर्यटकद्वारा एउटी वेश्याको जवानी लुटियो ।इन्द्रचोकका पुरै गल्लीमा मैयाँहरु भाडामा ।” कठै ! एक वर्ष पछि पनि मुकुन्दे उही स्थानमा चिच्याइरहेछ । पत्रिकातिर बामे सरेछ- रोजिरोटीको खातिर । फोहोरी शब्दहरुमै रहेछ मुकुन्दे आज पनि । राम्रो कार्यबाट केही उपलब्धि नपाएपछि बाङ्गो औंलाले घिउ झिक्ने जोसमा एकहोरो चिच्याइरहन्छ मुकुन्दे- “हेर्नोस्, वैंस सकिएपछि युवतीहरुको संसार पनि सकिन्छ । हेरिराख्नोस्, मोजमस्तीमा पूरा जिन्दगी टुङ्गिन सक्दैन । यी हात्ती पक्रिन पल्केकाहरु केही महिनामै मरेको विरालो काखी च्यापेर ठिमीको उकालो लाग्ने अवस्थामा पुग्छन् ।” लामो सास फेरेर थक्क मान्दै थप्छ । हुन त मुकुन्देलाई पनि त चिन्ता छ’नि, दिनरात नेपाली नारीहरु लुछिएका छन्, कुमारित्त्व हरिएको छ, कोमल शरिरको लिलाममा व्यस्त छन्, विचरा ! कत्तिको त बाध्यता पनि त होला’नि । खोरण्डो सरकार डेग चल्दैन, भाषण छाँट्ने जुँगेहरु देशलाई सिंगापुरको दर्जा दिन्छन्, यता युवतीहरु चकनाचुर छन् ।फोहोरी तन्त्रमा छन्।वास्ता छैन उसलाई, र त मैले सरकारका कुरा गर्न छोडें, राजनीतिमा होमिन छोडें, सारा मेरा सपपना र यादहरुलाई आफ्नै बाटो फिर्ता पठाइदिएँ ।” वर्वरी आँसुका साथमा मुकुन्देले सरकारका कुरा गर्न छोडेको तीतो सत्य खोल्यो यसबेला ।“आनन्दमै जिन्दगी टुङ्गिँदो रहेछ त?” ‘कदापि नहुने रै’छ हामीले सोचेजस्तो । प्रश्न- “कस्तो लागि रा’छ ?-“जिन्दगी हराएजस्तो ।” प्रश्न- “पैसा टन्न छ नि त साथमा, के छ र चिन्ता हैन?” उत्तर- छि ! पैसा नै नारीहरुको हत्यारा हो ।” प्रश्न- “कति लामो होस् भन्ने लाग्छ जिन्दगी?” उत्तर- “दुइमुठी सास छिट्टै गए हुन्थ्यो ।” मुकुन्दे भान्जीको विहेमा पनि पुगेछ ।मैले खिचेको बाह्र युवतीको तस्वीरसँग काल्पनिक तर अनुत्तरीत प्रश्न वाटीकाभित्रै हराइरहन्छ पत्रकारको पहिरनमा ।अनि तिनै तस्वीरहरुमा हिजोका प्रश्न उत्तरहरु दोहोर्याउँछ- “जिन्दगी के हो?” “वस् मात्र मस्ती ।” (उत्तर) “यसै गरी वित्ला त?” (प्रश्न) “जे पर्ला सोही टर्ला ।” (उत्तर) “जवानी सकिएपछि दु:ख हुन्छ भन्छन् नि’ के भन्नुहुन्छ?” दु:खले आनन्दलाई डाक्छ तर आनन्द त वस् आनन्द हो पागल ।” (उत्तर) “तपाईँहरु को ?” (प्रश्न) “हामी अप्सरा हौँ, वस्, अप्सराहरु ।” (उत्तर)मुकुन्दे आफ्नै संसारमा छ । नजिकै गएर प्रश्न गर्छु म- ‘दाइ, यी फोटाका युवतीहरु अहिले कुन अवस्थामा छन्?” उत्तर – “मैले विज्ञापन गर्दै सारालाई वेचिदिएँ यी फोटाहरु । टन्न ग्राहक बढेछन् अनि जवानी लुछिएपछि आशपासमा मलाई सम्मान गर्दै हिड्छन् कहिलेकाहीँ ।”मुकुन्देको उत्तरले मलाई झन छुन्छ, जवानीलाई सर्वोपरी ठान्ने वेश्याहरु कागजका खेस्रा हुन् ।देशका धब्बा हुन् ।” म यति बोल्छु । रक्सी सकिएको बोतल झैं का तिनै मायालाग्दा धीमा नारीलाई सडकभरी नियाल्छु; सडक पटीका खचाखच नकचरीहरुलाई थुक्छु अनि एक्लो संसारमा पुगेको कल्पना गर्छु । महान् मुकुन्देका विचारले व्युझाइरहन्छ अनि छ/सात बर्षको विगत वर्तमानमा बल्झिन्छ अनि मुकुन्देसँगै जवानीको प्रदर्शनमा संसार भुल्ने, पर्यटकको अंगालमा रमाउने, इन्द्रचोकको त्यो अंग्रेजी भाषामा व्यक्त भएका कुरा मलाई नयनको दोष दिलाउने युवतीहरुलाई म एकैसाथ सम्झिन पुग्छु । मुकुन्देको रोजीरोटी बनेका एक दर्जन अप्सराहरुलाई सम्झिरहन्छु आज पनि म चिन्तित मुद्रामा, वस् सम्झिरहन्छु, छि: ती....एक दर्जन अप्सराहरूलाई ।

Monday, August 10, 2009


" गरीब को आसु "

जिन्दगिको यो मोड्मा आउँदा सम्म न त मैले माया गर्न जानेको थिए, न त जिउन जानेको थिएन त कसैलाई साहारा दिन जानेको थिए र माया प्रेम भन्ने कस्तो बस्तु हो र यसको परिभाषा के हो भनेर बुझेको थिएन । तर आज आएर माया प्रेम भन्ने के हो भनेर जाने, जिउन जाने , कसैलाई साहारा दिन पनि जाने र यसको परिभाषा पनि बुझे । तर धोका भन्ने के हो भनेर बुझेको थिएन र जानेको पनि थिएन । यो शब्द निकै सुनेको थिए र कस्तो होला भनेर निकै सोचाई मा डुबिरहन्थे । तर आज आएर यो शब्द को अर्थ पनि थाहा भयो र भोगी रहेको छु । यो माया प्रेम भन्ने पनि कस्तो हुदो रहेछ । अन्जान मा नै हुदो रहेछ । सच्चा प्रेम नै जीवन को गोरेटो हुदो रहेछ । हिंड्नु पर्ने गोरेटोहरु बुझेर हिंड्नु पर्दो रहेछ । नजानी र नबुझी हिंडेमा यसको परिणम के हुन्छ भनेर आज भोग्दै छु । यो संसार यो समय पनि कति स्वर्थी रहेछ । दुई आत्मालाई थाहा नै नदिइ परिचित गराई दिने, एक अर्का प्रती माया का भावहरु बढाई दिने, जीवन को हर मोड्मा साथ दिने कसम खान लगाउने र अन्त मा गएर दोबाटोमा लगेर छोडिदिने । समय ले नै भनु आज यो - समय शिकारी बनेर मेरो मुटुलाई घाइते बनाई रगताम्य बनाएको छ । आकाश र पातलको धेरै अन्तर हुदो रहेछ । चाहेर पनि मिलन को कुरा असम्भव रहेछ । खोला को दुई किनारको मिलन पनि कहिले हुन नसक्दो रहेछ । यि सब आज आएर थाहा पाएको छु । मिलन हुनु र बिछोडिनु रहेछ जिन्दगी , पाउनु र हराउनु नै रहेछ जिन्दगी, अनि छुटेर गए पछी सम्झना मा तड्पी तड्पी मन को बेदना कम गर्नु नै रहेछ जिन्दगी, सम्झना को गहिराई मा डुबेर संसार नै भुल्नु रहेछ जिन्दगी । यस्तै कथा- ब्यथा भित्र आसु र हासो, रोदन र बेदना भित्र रुमल्लिएर बाच्नु नै रहेछ जिन्दगी । चाहनु नै मेरो ठुलो भुल रहेछ । परिचय हुनु त मेरो दुर्भाग्य रहेछ अनि पाउनु ठुलो अफसोच । के कसैलाई चाहनु, मन पराउनु र माया गर्नु भुल हो र ? फुलबारी मा फुलेको फुलको बास्ना खोज्दै जानु के कुनै अपराध हो र ? भएर नै होला आज मेरो यो दुर्गती भएको छ । मेरो हर ईच्छा, चाहना र सपनाहरु बादल र च्याटयङ कराए झै चकनाचुर भएको छ । भाताभुङ्ग भएको छ मेरो जीवन । मेरो सच्चा माया प्रेम कुनै एउटा खेल भएको छ । कसै को आत्मलाई चोट दिएर आफु आत्मा खुशी भएर बाच्नु राम्रो होइन । त्यसको अस्तीत्तव आँफै हरएर जानेछ । एक दिन राम्रो होला , दुई दिन राम्रो होला तर पछी...........। सम्झिनु पर्नेछ एउटा गरीब को पनि आत्मा हुन्छ भनेर र सोची दिनु पर्नेछ त्यो एउटा गरीब को हृदय पनि दुख्छ भनेर । गरीबलाई मोजमस्ती मा सदुपयोग गर्न नखोज कसैले भबिश्य मा ठुलो धोका हुन सक्ने छ । गरीब को आत्मा ले सराप्ने छ एक दिन, उसको माया ले पिरोल्ने छ एक दिन । गरीब को आसु ले पोल्ने छ एक दिन ..............गरीब को आसु ले पोल्ने छ एक दिन ।